Rule 11
राष्ट्रिय अभिलेखालयमा पठाउनु पर्ने
(१) ऐन वा यस नियमावली बमोजिम प्रमाणीकरण भएका देहायका सार्वजनिक लिखतका प्रमाणिक प्रतिहरु देहायको अवधि पूरा
भएपछि सम्बन्धित निकाय वा मन्त्रालयले अभिलेख सुरक्षित राख्नका लागि राष्ट्रिय अभिलेखालयमा पठाउनु पर्नेछः–
(क) संविधान वा ऐन भए पच्चीस वर्ष,
(ख) नेपाल पक्ष भएको सन्धि भए बीस वर्ष,
(ग) नियम, आदेश भए दश वर्ष,
(घ) नेपाल सरकारले राष्ट्रिय अभिलेखालयमा अभिलेख सुरक्षित राख्नका लागि पठाउनु पर्ने भनी निर्णय गरेको अन्य लिखत भए पाँच वर्ष ।
(२) उपनियम (१) बमोजिम प्राप्त भएका सार्वजनिक लिखतहरुमध्ये राष्ट्रिय अभिलेखालयले संविधान, ऐन तथा विदेशी मुलुकसँग भएका द्विपक्षीय सन्धिको प्रामाणिक प्रतिको माइक्रोफिल्म तयार गरी त्यस्तो प्रति र माइक्रोफिल्म सुरक्षित साथ राख्न पर्नेछ ।